ए ! युग फेर्न खोज्ने तन्नेरी-तरूनीहरू ( कविता )

| | अनेसास इजरायल


- अशोक पार्थिव तामाङ


ए ! तन्नेरी-तरूनीहरू
ए ! युग फेर्छु भन्नेहरू
के तिमीहरूलाइ यति पनि थाहा छैनर ?

यहाँ
युग फेर्ने मान्छेहरु त,
युग फेर्नलाई शताब्दी कुर्दैनन् ।
युगलाई हल्लाउने मान्छेहरु ,
समयको आधी-बेहरी सँग टेर्दैनन् ।

त्यसैले
युग फेर्ने हातहरु चुपचाप
कहिलै हुँदैनन् ।
ए ! युग फेर्न खोज्नेहरु,
अब युगको धावनमार्गमा कुदनको लागि तयार होउ ।
ए ! युग फेर्न खोज्ने मान्छेहरु,
जाग न जाग
रात दिनै कुम्भकर्ण झैं सुतेर पनि युग फेरिन्छर ?
यदी साँच्चिकै
तिमीमा युग फेर्ने साहस छ भने ,
फेरी देउ धेरै युगहरू
तिमी बाँचुन्जेल ।
प्रत्येक युगले एउटा असल बैज्ञानिक देओस्
जसले बिज्ञानको चमत्कार गरोस् ।
युगका बुँदा-बुँदामा
तिम्रो सतहको गहिराइ परिचय देउ ।
युग फेर्ने मान्छेहरु
माइकल ज्याक्सन भएर फेर्न सक्छन् ।
युग डोर्याउने मान्छेहरु बाराक ओबामा भएर
एउटा हराएको संसारको आश बटुल्न सक्छन् ।
युग फेर्न खोज्नेहरु त
समयलाइ धुजा-धुजा पारेर फेर्न सक्छन्
चिरा-चिरा पारेर , टुक्रा-टुक्रा पारेर फेर्न सक्छन्।

त्यसैले युग फेर्न नै खोजेको हो भने
युग फेर्नकै लागी कस्सिएर छाल भएर निस्क ।
अनि
धोति फेरे झैं फेरिदेउ यी गन्हाउँने अपवित्र युगहरू ।
जहाँ बिहान घामका लालिमा सँगै उदाउँन सकोस्
युगले तिमीलाइ फेर्नु हुँदैन
तिमीले पो युग फेर्नु पर्छ।
त्यसैले तिमी जीउँदो भएर
उभिनुँपर्छ भुगोलको इटाको भरयाङमा
युग अवश्य फेर्न सकिन्छ
युग अवश्य फेरिन्छ ।

युगलाइ सम्बोधन गर्न सके,
युगको रिमोटलाइ तिमीले चलाउन जाने,
युग स्वतः फेरिन्छ,हो यो युग फेरिन्छ, तिमी बाटै फेरिन सक्छ ।
तिम्रो प्रतिबद्दता चाहिन्छ ।
युग-युगै पिच्छे फेरिएको छ ।
फरक यति होकि

कहिले युगले युगै फेरेको छ भने ,
कहिले मान्छेले नै युग फेरेको छ ।
युगले युग फेरून्जेल हामी नरहन सकुँला
तर तिमीले युग फेर्दा भने हामीले पनि धेरै युगहरू चाखेर जान्छम् ।

( तपेश्वरी १, उदयपुर )
हालः इजरायल

Posted by INLS Israel on 03:37. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com