आँधीतुँफान आउँदा पनि यो दिल बलिरहोस्
- अशोक पार्थिव तामाङ
आँधीतुँफान आउँदा पनि यो दिल बलिरहोस्
आशा बोकी जिन्दगीको घामजुन चलिरहोस्।
खहरे त्यो उर्लिएला असार सावन मासमा
पुल हाल्न छिटो-छिटो यी हात चलिरहोस्।
मौसम बैइमानी भइ बादल लाग्न सक्छ
छाता घुमले छेक्दै पनि पाइला बढिरहोस्।
चिसो होला हिउँदे जीवन गर्मी याम रोज्दै
बैंसको स्वप्निल रहर हरयाम् फलिरहोस्।
तपेश्वरी-१ उदयपुर
हालः ( इजरायल )


