नजर जुध्यो उनि सँग कसो गरी हटाउँनु हो ?
रचनाः अशोक पार्थिव तामाङ
नजर जुध्यो उनि सँग कसो गरी हटाउँनु हो ?
दुरी झनै नजिक भयो कसो गरी घटाउँनु हो ?
अनायसै चिनजान भयो नदेखेको साथी पनि
अब छुटौं हामी भनी कसो गरी पठाउँनु हो ?
संसारनै बिर्साइदिने सुन्दरता छ उनि सित
नबिर्सिने गुण अब कसो गरी लगाउँनु हो ?
मनको कुरा साट्दा - साट्दै पिरतीको डोरीले
आफ्नै दिलको मान्छे कसो गरी बनाउँनु हो?
पापी छ यो सँसार प्रित बस्या देख्न हुन्न
दुनियाँले देख्ने पिरले कसो गरी भगाउँनु हो ?
तपेश्वरी १, उदयपुर
हालः इजरायल


