गजल

| | अनेसास इजरायल

गजल


हेर्दा सभ्य सरल तर भित्र खाली हुन्छ मान्छे
जति जति सोझो ठान्यो उती जाली हुन्छ मान्छे

आफ्नै सम्झी मन साँटी आँखा छोपी भर पर्दा
विश्वास नै छुटि मन टुट्दा फाली हुन्छ मान्छे

खहरेझैँ बग्दै सागर छुन्छु भन्दै हिँड्दा खेरी
कुलतमा फस्यो भने फोहर नाली हुन्छ मान्छे

जति गाह्रो भए पनि बाँच्नै पर्ने जसोतसो
उराठिलो बगैँचाको एक्लो माली हुन्छ मान्छे

Posted by INLS Israel on 14:02. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com