गजल

| | अनेसास इजरायल

तिम्रो मेरो जवानीको मात उस्तै उस्तै
एक्लै एक्लै बिताउने रात उस्तै उस्तै

दिन बित्छ सम्झनाले जून हेर्दै रात
एकै पीडा दुबैतिर खात उस्तै उस्तै

एउटै फूलमा नरमेर अरू फूल डुल्दा
भमराले चुसिदिन्छ घात उस्तै उस्तै

कस्ले खेल्यो यस्तो खेल दुवै हार्र्यौ आखिर
हार्दा दुख्ने मुटुको यो जात उस्तै उस्तै ।

शिशिरमा प्रकृतिको रीत यस्तै रै'छ
अविरल ओइली झर्ने पात उस्तै उस्तै




अविरल अधिकारी
हेटौडा मकवानपुर

Posted by INLS Israel on 14:11. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com