गजल
गजल
परदेश टेकेपछि गाउँ सम्झिएँ
तिमीलाई भेटेपछि गाउँ सम्झिएँ
अरुलाई देख्दा भने याद हुन्नथ्यो
तिमीलाई देखेपछि गाउँ सम्झिएँ
एक्लै हिड्दा अनायसै तिम्रो यादमा
मेरा आँखा छेकेपछि गाउँ सम्झिएँ
आँफैआइ भित्रीमनको कोरा कागजमा
तिम्रो नाउँ लेखेपछि गाउँ सम्झिएँ
झिलिमिलि सुखसयल जति भएनि
पराइले हेपेपछि गाउँ सम्झिएँ
भगवती बस्नेत


