गजल

| | अनेसास इजरायल

फेरी लगाउन कहिल्यै नछाड्ने समय आफ्नै गतिमा घुमिरहेको छ. आफ्नो घुमाइ संगै हामीलाई निधारमा नोभेम्बर लेखिएको पातो पल्टाउन बाध्य पारेको पनि धेरै भयो. प्राकृतिक जलवायुलै हेर्ने हो भने पनि हेमन्तले आफ्नो उच्छ्वास लिएर जान लागिसक्यो. तर बसन्तले सदाबहार ल्याएपनि मरुभूमि एक्लेजस्तो दशैँ तिहार देउसी भैलो र आफ्नै पाखा पखेरा भेट्न छाडेको एउटा जिर्ण छातीभित्र केहि आशाका मुना नपलाउनु आफैमा जायज हो. थियो त केवल आफ्नै ब्यस्त दैनिकी..

हुन त म संग मन बुझाउने के नै पो बाहनाका कमि थिए र? ३ वर्ष परदेश बसाइ पछि आफनै घरदेश फर्किएको म आफ्नै मानसिक अस्तव्यस्तताको कारण २२-२४ दिनमा नै फर्कनु आफैमा दुखदायी थियो. त्यस्तो अस्थिरतामा कसले के नै पो कोर्न सक्ला र? त्यसपछि अर्को बाहना टुप्लुक्क जन्मियो. लेखेर मात्रै के गर्ने? टाँस्ने भित्तो नै पो कहाँ छ र? जब यसको पनि ब्यबस्थापन भयो तर मलाई घर परिवारले आफ्नो रीतिरिवाज, संस्कृति, चाडबाड संग पो टाढा बनाइरहेको थियो. यसको मतलब मेरो मनै पो कहाँ थियो र कलम समाउने?

यतिबेला सोच्दै छु कसैले “कहाँ थिइस?” भनेर प्रश्न गर्नु पुर्व नै “म कहाँ थिए?” को उत्तर दिने म नै पहिलो जन्तु त बनिन हाम्रो समाजमा? आफैलाई आश्चर्य पनि नलागेको हैन. आफै सम्हालिएर हिड्न खोज्ने यात्रारत पैताला र सधै आफ्नो बश भन्दा बाहिर रहन मन पराउने मनको जम्काभेट यो बिन्दुमा भयो.





लौ न ! कति जंघार तर्नु, खोला जिन्दगीमा !
रित्तो होला जस्तो भयो, झोला जिन्दगीमा !!

कयौ जुनी कयौ लोक, पार गर्दै आज !
बल्ल बल्ल पा’को यौटा, चोला जिन्दगीमा !!

नहुने भो ओभानो खै पुर्जा इमानको !
सबै बाटो हानिदै छ, लोला जिन्दगीमा !!

नाम्लो बोक्ने थाप्लोको नि, भए मुल्यवृद्धि !
जोख्ने थिए मैले दुख तोला जिन्दगीमा !!

अबरोध छ अविरल चारैतिर बाटो !!
कतातिर गए शान्ती होला जिन्दगीमा !!


अविरल अधिकारी
हेटौडा मकवानपुर

Posted by INLS Israel on 06:02. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com