गीत

| | अनेसास इजरायल

गीत (जीवनभरि तिमी भन्थ्यौ)


झर्न दिन्न तिम्रो आँशु जीवनभरि तिमी भन्थ्यौ
जस्तो सुकै दुःखमा नि सहासले ढाडस दिन्थ्यौ


कस्को आँखा लाग्यो हेर निश्चल मेरो प्रेममा
हर्ष बिभोर थिए साह्रै रमाउँदा समिपमा
आफ्नो दु:ख लुकाएर सधैं खुशी बाड्ने गर्थ्यौ
जस्तो सुकै दुःखमा नि सहासले ढाडस दिन्थ्यौ


नेपथ्यमा विलिन भयौ आज मैले देख्दा देख्दै
तिम्रो मेरो प्रेम कथा अपुरो भो लेख्दा लेख्दै
जिन्दगीको सार भन्दै स्पर्शले मन भर्थ्यौ
जस्तोसुकै दुःखमा नि सहासले ढाडस दिन्थ्यौ

भगवती बस्नेत

Posted by INLS Israel on 05:36. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com