सुटुक्क मन साटेकै राम्रो

| | अनेसास इजरायल



सुटुक्क मन साटेकै राम्रो
उमेर छदैमा आँटेकै राम्रो

मुहारै छोप्न, आउँछ केश
सपक्क पारेर , बाटेकै राम्रो

लक्षण हो यो, यौवन खुल्ने
पुरानो चोली फाटेकै राम्रो

"कहाँ गएकी"? बाबाले सोधे
कहिलेकाहीं त, ढाँटेकै राम्रो

कृष्णपक्षको, रात भए'नि
मायाको साथमा, काटेकै राम्रो

Posted by INLS Israel on 11:24. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com