किन बाल्छ्स तँ अगुल्टो?

| | अनेसास इजरायल

अस्थिरता अराजकता, धेरै बेर नबुझिने
हाँडीगाउँको मेला हो कि, खै बुझेर नबुझिने

नौटंकी छ सडकमा, रमिते पो भयौं हामी
तिमी उस्तै,उस्तै छु म, हेराहेर नबुझिने

देशको भाग्य लेख्छु भन्दै, धेरै आए धेरै गए
खै के के लेखे कुन्नि , केरमेर नबुझिने

धेरै पछि संदेश आयो, सबै शुभसंदेश भन्थे
कति सारो धमिलो हँ, यो अक्षर नबुझिने

उज्यालोका बाटोहरु, अरु नै थे' कृष्णपक्ष !
किन बाल्छ्स तँ अगुल्टो, यहिंनेर नबुझिने ।

Posted by INLS Israel on 11:21. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com