निलो शिरिष !!

जैतुनको हाँगो टेकेर
बिरहबोल्ने ढुकुरजोडी कुर्लन थाले
भूमध्यसागरको बैँशालु हावा
तन मन छोएर बहन थाले
फेरी बाटैभरी निला शिरिष झुल्न थाले,
हरेकपटकको ओहोरोदोहोरमा
टक्क उभिन्छु र अनुहार थापेर नियालिरहन्छु,

झर्दैगरेको एक्झुप्पाले मिठो थप्पड गालामा हान्दा
आँखाबाट बिछोडका पीडा यसरी ओइरिदिन्छन् ..
बितेका हरएक कहालीलाग्दो एकाँकीपल
सोहोरेर आँखामा ल्याइदिन्छ यो निलो शिरिषले
म उँभो हेरिरहन्छु एक डालो निलो झुप्पा,

ओहो! कती पटक यि पोथ्रा यसरीनै निलाम्य भए
शिरिष फुले झरे फुले झरे ,,,
हरेक पटकको यो निलो शिरिषले
मलाई 'तिमी' सम्झाउँछ
तिमीसङ्गको बिछोड सम्झाउँछ
हामी बिचको दुरी सम्झाउँछ
यो चौथो वसन्त पर भागेछ
मेरो हृदयको शिरिष 'तिमी'
यो आँखाको सामुन्ने नफुलेको नझुलेको !!


यो ताजा निलो शिरिष च्वाक्क म्वाइ खाएर
उँभै हिमालतिर फर्केर एक झोंका श्वास फ्याँकेकोछु
कतै तिमी सम्म पुगोस यो शुवास
यो शिरिष देखी त्यो शिरिषसम्म ,,,
मनदेखीयो त्यो मनसम्म
यो मनदेखी त्यो मनसम्म ।।।

Posted by INLS Israel on 05:08. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com