‘इजरायली भूमिमा मौलाउँदो नेपालि साहित्य’
‘इजरायली भूमिमा मौलाउँदो नेपालि साहित्य’
नेपाली भाषा र साहित्यको उत्थान र जगेर्ना गर्न निश्चित स्थान र अवस्था, वातावरण र समय चाहिंदैन भन्ने यथार्थलाई इजरायलमा कार्यरत नेपाली युवा जमातले साकार पारेका छन्, मध्यपूर्बको सुन्दर सानो यहुदी राज्य इजरायलमा फ़स्टाइरहेको नेपाली साहित्यलाइ हेर्दा लाग्छ नेपालि वांगमय साच्चै नै अग्रगतिमा कुदिरहेको छ , संसारकै अग्लो चुचुरो सगरमाथाको देशबाट जिन्दगीको चारो खोज्दै भौंतारिएर संसारकै होचो भूभाग मृतसागरको किनार इजरायलमा आइपुगेर पसिना पोखिरहेका नेपालि साहित्यिक भाबक मनहरु देख्दा लाग्छ कतिखेर यिनले साहित्य साधनमा लिन हुन समय पाउँदाहुन्!!
सन् २००३ देखि नेपाल सरकार र इजराएल सरकार बिच श्रम सम्झौता भएदेखि नेपाल बाट खासगरी कृषि र घरेलु कामदारको रुपमा नेपालि युवाजमात इजराएल आउन थाल्यो. सुरुका समयमा त्यति चहलपहल नदेखिएपनि बिस्तारै काम र माम् संगै नेपालि साहित्यिक मनहरुमा उछाल आउने थालेको परिणाम स्वरुप इजरायलमै पहिलो पटक संगठित संस्था ‘नेपालि कामदार सहयोगी मंच’ को सक्रियतामा नेपालि पत्रिका ‘नेपाल चौतारी’ प्रकाशन हुनथालेको देखिन्छ जुन्पत्रिकाको धेय इजराएलमा रहेका नेपालीहरुको गतिबिधि लगायतका सम्पूर्ण जानकारी र खबर समेट्नु रहेको थियो यद्यपी साहित्यिक पेज छुट्याएर यहि पत्रिकाले इजरायलमा रहेका नेपालि साहित्यिक मनहरु प्रथम पटक समेट्ने काम गरेको देखिन्छ, पछी एन आर एन इजराएल दर्ता भएपछी एन आर एन ले पनि हातेमालो गर्दै निरन्तरता दिएको उक्त नेपालि पत्रिकालाइ सन् २००९ मा अन्तररास्ट्रीय नेपालि साहित्य समाज इजरायल च्याप्टरको जन्म भएपछी अनेसास इजराएल च्याप्टर नेपाल ले पनि यसलाई निरन्तरता दिएको थियो ,,त्यसपछि बिबिध कारण बस उक्त पत्रिकाको निरन्तरतामा र्हास आउन थालेपछि अनेसास इजरायल च्याप्टरले बिसुद्द साहित्यिक द्वैमासिक पत्रिका”मेरो नेपाल” प्रकाशनमा ल्याउन थाल्यो जुन पत्रिकाको धेय नै बिसुद्द साहित्यिक गतिबिधि समेटेर नेपालि साहित्यफांटलाइ सक्दो योगदान दिनु थियो/ छ. यसबाहेक अन्यपनि केहि नेपालि पत्रपत्रिका प्रकाशनमा आउनेगरेका छन् जसमा धेरैथोरै साहित्यिक गतिबिधि समेटिएकै हुन्छन त्यसैगरी विभिन्न बिधुतिय पत्रपत्रिका खासगरी www.nepalisrael.net,www.merosandesh.com जस्ता वेबसाइट हरुले पनि साहित्यलाई स्थान दिएर अगाडी बढाइरहेको देखिन्छ,,केहि समय मात्रै पहिलेबाट www.nepalisrael.net ले आफ्नो प्रस्तुतिमा ‘कला तथा साहित्य विमर्श” नामक छुट्टै बिसुद्द साहित्यिक कार्यक्रम प्रसारण गरिरहेको छ जसमा खासगरी इजराएलामा रहेर नेपालि साहित्य श्री ब्रिद्दिमा लागिपरिरहेका व्यक्तिव्यक्तित्वका चर्चा परिचर्चा गर्नुका साथै त्यस्ता साहित्यसाधकहरुसंगको प्रत्यक्ष्य भलाकुसारी को भिडियो अंतर्वार्ता नै प्रसारण गरिरहेको छ यसबाट पनि नेपालि साहित्यको श्रे ब्रिद्दिमा हातेमालो हुनेमा बिस्वास गर्न सकिन्छ, ,, यसबाहेक खासगरी साहित्यकै लागि भनेर जन्मिएको र बिसुद्द साहित्यिक गतिविधिलाई ध्यानमा राख्दै अगी बढिरहेको सस्था इजरायलमा हाल लाइ अनेसास इजरायल च्याप्टर लाइ नै लिन सकिन्छ, बिदेशी भूमिमा रोजगारीको बाबजुद आफ्नो भाषा साहित्यको जगेर्नामा लागिपरेका तमाम नेपालि मनहरुको साहित्यिक धुकधुकीको प्रमुख रुपमा हाललाइ अनेसास इजरायल च्याप्टर सन् २००९ मा पहिलोपटक उक्त सस्था जन्माउने श्रेय ख्यातिप्राप्त गीतकार सगीतकार सुनिल संगम , कृष्णपक्ष, नवराज आचार्य, शंकर पौडेल,हरि मानन्धर, सिता बराल,कला कोयु राइ,मालती ताम्राकार लगायतका अन्य धेरै साहित्यिक मनहरुलाइ जान्छ, यी तमाम प्रयास लगन र साधना जो जो जता जता बाट गरिएपनि भएको त नेपालि साहित्य श्री वृद्धिकै लागि हो , नेपालि साहित्यलाई प्रथमपटक इजरायली भूमिमा यसरि फिँजाउन र लहराउनको लागि कम्मर कसेर लागिपर्नुहुने साहित्यसाधकको नाम लिनुपर्दा हाल अनेसास इजरायल च्याप्टरका सल्लाहकार रहनुभएका साधक नयन्द्र चेम्जोंग लाई सम्झनुपर्छ, साहित्यिक भेला या भेटघाट कार्यक्रम गरेर होस् या साहित्यिक बनभोज आयोजना गरेर होस् अनेसास् च्याप्टर इजराएलले इजरायलमा रहेका नेपालि साहित्य अनुरागीहरुलाई समेट्ने प्रयास हरहमेशा गरिरहेको छ. त्यसैगरी साहित्यक्षेत्र संग सरोकार राख्ने बिसेष अवशरहरु जस्तै मोतिराम, भानुभक्त देवकोटा पारिजात र अन्य नेपालि साहित्यका अग्रजसाधकहरुको जन्मजयन्ती मा स्म्रितिस्वरूप साहित्यीक भेटघाट गरेर साहित्यिक छलफल र विमर्श आयोजना गरि नेपालि साहित्यलाई सक्दो केहि दिन लागिपरेको यो महत्वपूर्ण सस्थाको स्थापना काल देखि च्यापटरको अध्यक्षता सम्हाल्दै आउनुभएका बरिष्ठ गीतकार सुनिल संगम केहि महिना अघि रोजगारीकै शिलशिलामा इजरायल छोडी अर्को मुलुकमा जनुभएपछि तत्कालीन महासचिब तथा संस्थापक सदस्य साहित्यकार कृष्णपक्षले हाल संस्थाको अध्यक्षता सम्हाल्दै आउनुभएको छ भने त्यसै समयदेखी संस्थामा सदस्यहरुको हेरफेर र बढोत्तरी गरि अझैँ सक्रिय र सुदृढ बनेर संस्था चलिरहेको छ. नेपालको लागि बैदेशिक रोजगारीको आकर्शक र सुरक्षित गन्तब्य मध्ये एक मानिएको देश इजरायलमा खासगरी कामदार आउने भनेको घरेलु कामदार यानेकि केयर गिभर ,,त्यसैले इजरायलमा कार्यरत नेपालि कामदारको झन्डै ९० प्रतिशत हिस्सा केयारगीभरले ओगटेको छ, केयरगिभरिंग भनेको यस्तो प्रकृतिको काम हो जुन काम भनेको कुनै अशक्त रोगि वृद्धब्रिद्धाको स्याहार देखभालको निम्ति खट्नुपर्छ,, यस्तो काममा ड्युटी आवर यति उति भन्ने नै हुदैन, आफ्नो रोगि इम्प्लोयेरको सेवामा चौबिसै घण्टा लाग्नुपर्छ, अझै अल्जाइमर जस्तो भयानक बिर्सिने रोगिहरुको सेवामा खट्नेहरुको हालत यति नाजुक हुन्छ कि कुनबेला केयरगीभरनै अल्जैमरग्रसत बिरामी जस्तो बन्न पुग्छ,,,खाने सुत्ने आराम गर्ने समयको कुनै टुंगो नरहने यस्तो प्रकृतिको काममा शारीरिक भन्दा बेसी मानसिक तनाबले ग्रस्त बनाउछ,,अझै त्यसैमाथि निकै अशक्त र भद्दा ज्यानको इम्प्लोएर पर्यो भने उचाल्ने बसाउने गर्दा गर्दै आफै ढाडदुख्ने रोगि बनेका कैयन कामदार भेटिन्छन यस्तो तनाबग्रस्त काम र अवस्थामा गुज्रिदै दुइपैसा जोगाड गरेर आफ्नाहरुको मुखमा माड लगाउदैगरेकाहरुले कुन समयमा आफुलाई साहित्य साधनामा लगाउदा हुन्!! र नेपालि साहित्यको बढोत्तरीमा लागिपरेका होलान! यो विषयनै एक सलामयोग्य र सर्हानिय रहेको छ,
इजरायलमा रहेका नेपालि साहित्यिक मनहरुको छानोको रुपमा रहेको यो संस्थामा प्रत्यक्ष रुपमा आबद्द रहनुभएका बाहेक स्वतन्त्र सिर्जनामा लागिपनुभएका सबै सर्जकहरुको प्रयास र साधनालाई पनि नियाल्ने हो भने यहाको साहित्यिक जमातको आकार निकै ठुलो रहेको अनुमान गर्न सकिन्छ, फुटकर रुपमा सिर्जना र प्रकाशन गर्दै आउनुभएका केहि साहित्यिक मनहरुको तर्फबाट आफ्ना रचनाहरुलाई संगालेर संग्रहको रुपमा बाहिर ल्याई नेपालि साहित्य भण्डारलाइ सुम्पिनेहरुको संख्यामा पनि बृद्दी हुँदै छ. यसरि बिसुद्द साहित्यि उत्थानको धेयले आफ्नो साधना र लगानी मार्फत इजरायलमा रहंदा साहित्यिक कृति बाहिर ल्याउने प्रथम सर्जक हुनुहुन्छ अशोक पार्थिब तामाङ जसले यहि २०६७ बैशाखमा आफ्नो पहिलो तथा इजरायलमा रहनुभएका नेपालि साहित्यप्रेमीहरुको तर्फबाट पहिलो साहित्यिक कृति कबिता संग्रह “फ्युजन प्रतिबिम्ब” प्रकाशन गर्नुभयो जुन कृति डायास्पोरिक नेपालि साहित्यको सवालमा मात्रै नभएर समग्र नेपालि कबिता साहित्यमा एक बलियो कृतिको रुपमा आएको प्रसंग उक्त कृतिको भूमिकाको क्रममा बरिस्ठ साहित्यकार समालोचक गोबिन्द भट्टराइ ज्यु ले उल्लेख गरनुभएको छ . त्यसको लगतै अर्का साहित्यप्रेमी दीप्स शाहले इजरायलमै पसिना र सिर्जनाको खेतिगर्दै आफ्नो दोस्रो कबिता कृति “आगो” बजारमा ल्याउनुभयो . यी दुइ कबिता कृति संगै अर्का साहित्यप्रेमी गीतकार गजलकार उमा सुबेदीको प्रथम कृतिको रुपमा गजल संग्रह “तप्किएर अन्जुलिमा” पनि यसै वर्ष प्रकाशित भयो , प्रवासमा रहेर सिर्जना गरिएका दुइ स्तरीय कृतिका रुपमा शाहको “आगो” र सुबेदीको “तप्किएर अन्जुलिमा” नइ प्रकाशनले हरेक वर्ष प्रदान गर्ने “नइ गणेशदुर्गा” पुरस्कार २०६७ बाट पुरस्कृत समेत भएका छन्. त्यसको केहि लगतै पछी अर्का साहित्यप्रेमी साधक हरि मानन्धर बाट पनि इजरायली नेपालि साहित्यको अर्को कोसेली स्वरुप कबिता संग्रह “असूचित विम्ब ध्वनि” बजारमा आएको छ जुन कृति पनि नेपालि डायास्पोरिक साहित्यमा एक सबल कृतिको रुपमा आएको चर्चा भुमिकाकोक्रममा बरिस्ठ साहित्यकार डा अभि सुबेदी तथा बरिष्ठ समालोचक नेत्र एटम ज्युले उल्लेख गर्नुभएको छ .यसै गरि यहि बर्ष अर्का साहित्यसाधक नयन्द्र चेम्जोंग्ग को प्रथम कृतिको रुपमा संस्मरण संग्रह “मोड” पनि भर्खरै मात्र बजारमा आएको छ जसको बिमोचन केहि पहिले मात्र अनेसास इजराएल च्याप्टरले एक साहित्यिक बनभोजको आयोजनासंगै भब्य रुपमा इजरायलमा रहेका नेपालि साहित्यिक मनहरुको जमघटमा सम्पन्न गर्यो. यसरि नेपालि डायास्पोरिक साहित्य र समग्र नेपालि साहित्य भण्डारले यसै वर्ष मात्र ५ कृति पाएको छ ,मुस्किलले ८ देखि १० हजार नेपालि रहेको भुमि इजरायल बाट नेपालि साहित्यले पाएको यी कृति र साधना प्रतिनिधि उपलब्धि हुन् भन्दा अतिशयुक्ति नहोला, साहित्यिक कृतिकै सवालमा इजरायलमा रहेर साहित्य सिर्जनामा लागिरहनुभएका सम्पूर्ण साहित्यप्रेमी सर्जकहरुलाइ समेट्ने गरि निकट भबिस्यमै “इजरायली भूमिमा नेपालि कलमहरु” नामक साहित्यिक संगालो प्रकाशन गर्ने हेतुले अहिले अनेसास इजरायल च्याप्टर धुमधामसंग तयारीमा जुटेको छ जुन कृति बाहिर ल्याउनुको कारण नेपालि साहित्य भण्डारलाई केहि दिनु त हुँदैहो साथसाथै एकै भूमिमा रहेर नेपालि भाषा साहित्यमा लागिपर्नुभएका सम्पूर्ण कलमप्रेमी सर्जक र पाठकलाई अझै नजिक ल्याई आपसी सदभाब र साहित्यिक मेलजोल बढाउनु हो भन्नु हुन्छ च्याप्टरका वर्तमान अध्यक्ष तथा साहित्यकार कृष्णपक्ष ,
नेपालि साहित्यलाई माया गर्ने नेपालिहरुको सन्दर्भमा राजदुतावासका काउन्सलर श्री रमेश प्रसाद खनाल तथा युनाइटेड नेशनका डा ध्रुब कोइरालाको नामपनि जोड्नुपर्ने हुन्छ, इजरायली साहित्यीक मनहरुलाई प्रेरणा,हौसला दिने ,भेटघाट गर्ने र छलफलमा अभिरुची देखाउनुहुने काउन्सलर ज्यु र डा साहेब स्वयं साहित्यप्रेमी र सर्जक समेत हुनुहुन्छ,
“साहित्य भनेको भावनाको संगालो मात्र नभएर समाजको ऐना पनि हो जहाँबाट कुनै समाज र रास्ट्रको सग्लो अनुहार नियाल्न सकिन्छ” यसर्थमा नेपाल भित्र र बाहिर जहाँसुकै रहेका तमाम नेपालि मनहरुको साहित्यिक उत्थानको सत्कर्ममा इजरायलमा रहेका नेपालि साहित्यिकमनहरुको यो साधना र लगावले नेपालि साहित्यलाई बिश्वसाहित्यको उचाइमा पुर्याउन ठुलो देन दिन सक्नेमा विश्वास गर्ने ठाउँ प्रसस्त देखिन्छ.
“साहित्यको जगेर्ना गरौ!
साहित्यलाई माया गरौँ!!”


