इजरायलमा आदिकवि भानुभक्त आचार्य द्विशतबार्षिकी समारोह समिति गठन
यसैगरी समारोह समितिका सदस्यहरूमा श्रीराम अधिकारी, कल्पना पौडेल जिज्ञासु , मिरा मन थापा , सावित्री लुइँटेल, ज्ञानु बस्नेत , फूलकुमारी बाँस्कोटा, रजनी शर्मा, अम्बिका बानिया, कृष्ण रायमाझी, निशा खनाल अर्याल, रोजा ओली, निम्स शेर्पा, उषा न्यौपाने, शान्ति पाख्रिन तामाङ्ग, दिपेन्द्र थापा, समाश्री, हजुरी शाह, मुना मन सिग्देल रहनु भएको छ भने सल्लाहकार सदस्यहरुमा खड्ग प्रसाद दाहाल (उपनियोग प्रमुख, नेपाली दुतावास इजरायल ),सुवास खरेल (अध्यक्ष, गैर आवासीय नेपाली संघ, रासप इजरायल ) कृष्णपक्ष (अध्यक्ष, अनेसास इजरायल) रहनु भएको छ ।
इजरायलमा रहेका साहित्यिक तथा अन्य बिभिन्न संघसंस्थाको सहकार्यमा भानुभक्त द्विशतबार्षिकी मनाउन सो समारोह समितिका संरक्षकमा नेपाली दुतावास इजरायलका महामहिम राजदूत प्रल्हादकुमार प्रसाई रहनुभएको बेहोरा इजरायलस्थित भानुभक्त आचार्य द्वि शतबार्षिकी समारोह समितिबाट प्राप्त भएको छ ।



