सम्पूर्ण साहित्यिक संघसंस्थाको संयुक्त सहभागीतामा इजरायलमा भानुको शतवार्षिकी सम्पन्न
नेपाली साहित्य इतिहासका प्रथम कवी आदिकवी भानुभक्त आचार्यको द्विशतबार्षिकी इजरायलमा पनि विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाली वाङ्ग्मय आकाशमा महत्वपूर्ण योगदान पुर्याउनुभएका आदिकवि भानुभक्त आचार्यको दुई सयौं बर्ष जन्मोत्सव देश तथा विदेशमा विविध साहित्यिक कार्यक्रमको आयोजना गरी मनाउने क्रममा इजरायलमा २४ मई शनिवार एक विशेष साहित्यिक कार्यक्रमका विच इजरायलको रमातागानस्थित हरेक साहित्यिक अनुरागीहरूका लागी सृजनाको खानी वन्न सक्ने रमणिय स्थल पार्क लुमीमा भानु द्विशतबार्षिकी मनाइएको हो ।
आदिकवी भानुभक्त आचार्यको ऐतिहासिक द्विशतबार्षिकी विश्वव्यापी रुपमा मनाउनको लागि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव श्री शुशिल घिमिरेको अध्यक्षतामा गठन गरिएको भानुभक्त द्विशतबार्षिकी मुल समारोह समितीका मनोनित सदस्य रहनुभएकी साहित्यकार तथा समाजसेवी भगवती वस्नेतको संयोजकत्वमा भानुभक्त द्विशतबार्षिकी समारोह समिती इजरायल गठन गरी साहित्यिक कार्यक्रम तथा पिकनिक (बनभोज) कार्यक्रमका विच भानुभक्त द्विशतबार्षिकी मनाइएको हो ।
भानुभक्त द्विशतवार्षिकीकी इजरायल संयोजक भगवति बस्नेतको सभापतित्व, इजरायलका लागि नेपाली राजदूत महामहिम प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यता साथमा उहाँकी धर्मपत्नी सिता प्रसाई, नेपाली राजदूतावास तेलअभिव इजरायलका मिनिस्टर काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहालको विशेष आतिथ्यता तथा नेपाली राजदूतावासकी द्वितिय सचिव रोशन खनाल साथमा उहाँको श्रीमान करुण अर्याल, एनआरएन इजरायलका अध्यक्ष सुवास खरेल, , इजरायल सरकारको मसाव एजेन्सीले संचालन गरेको एक महिने तालिममा नेपालवाट आउनुभएकी पत्रकार अमृता पौडेल, अनेसास इजरायलका अध्यक्ष कृष्णपक्ष थापा तथा इजरायलमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधी, संचारकर्मी तथा उल्लेख्य साहित्यकार तथा साहित्यिक अनुरागीहरुको उपस्थिती रहेको थियो ।
नेपाली राष्ट्रिय गानको सुमधुर धुनसँगै पानसमा दिप प्रज्वलन गरी शुरुवात गरिएको उक्त कार्यक्रममा कार्यक्रमका सभापती वस्नेत र प्रमुख अतिथी प्रसाईले भानुभक्तको जन्म दिनको शुभकामना लेखिएको केक काटेर भानुको तस्विरमा फुल माल्यार्पण गरी साहित्यिक वातावरणमा कार्यक्रम अगाडि वढाइएको थियो । केकको सौजन्य एनआरएन इजरायलका अध्यक्ष सुवास खरेलबाट प्राप्त भएको थियो ।
कार्यक्रममा समितीकी सदस्य समाश्रीले स्वागत मन्तव्य दिंदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी महामहिम प्रसाईले इजरायलमा रहेर पनि आदिकवी भानुभक्त आचार्यको २ सयौ जन्मोत्सव मनाउन पाउनु एउटा अभुतपूर्व अवसर भएको बताउनुहुदै राष्ट्रिय विभुती आदिकवी भानुभक्तको यस ऐतिहासिक कालखण्डलाई नेपाल लगायत संसारभरी नै मनाउन नेपाल सरकारले पनि निकै पहल गरेको बताउदै यस महत्वपूर्ण अवसरमा अझै पनि नेपालीहरुको उपस्थिती हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । महामहिम प्रसाईले भानुभक्तले लेख्नुभएका कविताका केही श्लोकहरुको बारेमा चर्चा गर्दै हिन्दी वा संस्कृत भाषामा मात्र साहित्य लेखिन्छ भन्ने तत्कालिन दरवारियाहरुको भावनालाई नकार्दै आदिकवी आचार्यले नेपाली जनभाषामा सुन्दर साहित्यको रचना गरी जनभाषामा पनि सुन्दर साहित्य हुदो रहेछ भन्ने देखाउदै नेपाली भाषालाई विशिष्ट भाषाको रुपमा प्रतिस्थापन गर्नुभएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली राजदूतावासका मिनिस्टर काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले आदिकवी भानुभक्त आचार्यको द्विशतबार्षिकी आफ्नो मातृभुमीबाट यति धैरै टाढा रहेर पनि आफ्नो कला, संस्कृति र साहित्यको प्रवर्धनका खातिर लागि परिरहेका हुन्छौं भन्दै भाषा र साहित्य समाजको प्रतिविम्व भएकोले समाज र देशलाई अगाडि वढाउन त्यसले पृष्ठपोषकको रुपमा काम गरिरहेको बताउनुभयो । काउन्सिलर दाहालले आदिकवी भानुभक्तले सृजना गरेका कविताका श्लोकको चर्चा गर्दै भानुभक्तले आफ्नो भौतिक जीवनकोलागि मात्र नभई सामाज र राष्ट्रकोलागि पनि केही गर्नुपर्छ भन्ने कुराको अर्ति उपदेश दिने खालका कविताहरु सृजना गरेको बताउनुभयो । आज आदिकवी भानुभक्त आचार्यले नै ३ करोड नेपालीहरुलाई नेपाली भाषा र साहित्यको रश्वस्वाधन गर्न सिकाएको र आज त्यही नेपाली भाषी भएकै कारण यति धेरै नेपालीहरु यहाँ जम्मा भएको बताउदै आदिकवी भानुभक्त आचार्यलाई आफूले राष्ट्रिय एकताको प्रतिकको रुपमा देखेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै अनेसास इजरायलका अध्यक्ष कृष्णपक्ष थापाले भानुभक्त आचार्यले नेपाली साहित्य जगतलाई दिएको योगदान अतुलनिय रहेको वताउदै नेपालीहरुमा विभिन्न जाति र समुदायमा विविध किसिमका मातृभाषाहरू वोलिएपनि राष्ट्रव्यापी रुपमा नेपाली भाषाको बोलीचाली हुनु नेपाल र नेपालीहरूको लागि महत्वपूर्ण रहेकोले आदिकवी भानुभक्त आचार्यले भाषिक एकिकरण गर्नुभएको वताउनुभयो ।
त्यस्तै औपचारिक कार्यक्रमको समापन गर्नुहुदै भानुभक्त द्विशतवार्षिकीकी इजरायल संयोजक तथा उक्त कार्यक्रमका सभापती भगवती वस्नेतले नेपाली सम्पूर्ण नेपालीलाई भावनात्मक एकतामा बाध्न सक्ने कालजयी साहित्यकार तथा युगौ युगसम्म नायक बनिरहने काम गर्ने भानुभक्तको द्विशतबार्षिकी मनाउन विदेशका २३ राष्ट्रहरु मध्ये नेपाल सरकारले इजरायललाई पनि पारेको उल्लेख गर्दै नेपाल सरकारले चासो राखेर विश्वमा छरिएर बसेका साहित्यकारहरुलाई एकै मालामा गास्ने काम गरेको बताउनुभयो । उहाँले सरकारको यस कार्यले इजरायलमा पनि साहित्यकारहरु रहेछन भन्ने नेपाल सरकारको डायरीमा लेखिएको प्रमाण यहाँ पनि भानुभक्त द्विबार्षिकी समिति गठन हुनु रहेको धारणा व्यक्त गर्नुभयो । सम्पूर्ण इजरायलमा कार्यरत साहित्यकार साहित्य अनुरागी नेपालीहरुको प्रतिनिधत्व गर्ने शुभ अवसर दिएकोमा आफ्नो ब्यतिगत तर्फबाट र सम्पूर्ण इजरायलवासी नेपालीहरुको तर्फबाट नेपाल सरकारप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभयो । त्यस्तै बस्नेतले कार्यक्रम सफल बनाउनको निम्ती साथ र सहयोग पुर्याउनुहुने सम्पूर्ण साहित्यिक मन तथा सहयोगीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा कविता , गित तथा साहित्यिक सृजना प्रस्तूत गर्नेहरूमा निशा खनाल, मिरामन थापा, शुभद्रा भण्डारी, रजनी शर्मा, कल्पना जिज्ञासु, सेर्पिनी कान्छी, असफल थापा, लिला रिजाल लगायतका साहित्यिक मनहरु रहेका थिए ।
दुई चरणमा विभाजित उक्त कार्यक्रमको औपचारिक कार्यक्रम सो समितीकी सचिव सुनिता राई र दोश्रो चरणको अनौपचारिक कार्यक्रम समितीकी उपाध्यक्ष लक्ष्मी अनुरागीले संचालन गर्नुभएको थियो ।
कार्यक्रम स्थल, पिकनिकमा वनाईएको स्वादिलो खाना अनी समग्र कार्यक्रमको माहोल देख्दा जो कसैको मन लोभिने खालको थियो । इजरायलमा भएका साहित्यिक कार्यक्रमहरू मध्ये यस पटकको उपस्थिती अरू वेलाको भन्दा उल्लेख्य रहेको थियो ।
नेपाल इजरायल डटनेट


