अनेसासद्वारा २० महिला सर्जकलाई सम्मान


"अनेसास विशिष्ट साहित्य सम्मान " र "अनेसास डायस्पोरा साहित्य सम्मान"

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले १० जना महिलालाई "अनेसास विशिष्ट साहित्य सम्मान " र १० जनालाई "अनेसास डायस्पोरा साहित्य सम्मान" प्रदान गर्ने भएको छ |

आगामी मार्च ४ देखि ६ सम्म अष्ट्रेलियाको सिडनीमा आयोजना हुने दोश्रो अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलनका अवसरमा उहाहरूलाई सम्मान गर्न लागिएको हो |

समाजद्वारा प्रेषित बिज्ञप्ति अनुसार रमा शर्मा , भागीरथी श्रेष्ठ, पद्मावती सिंह, कुन्ता शर्मा, भद्रकुमारी घले, तोया गुरुङ, उषा शेरचन, लक्कीदेबी सुन्दास , डा. कविता लामा , र डा. उषा ठाकुरलाई "अनेसास विशिष्ट सम्मान" अर्पण गरिने भएको हो |

यसैगरी अनेसास डायस्पोरा सम्मानद्वारा बिमला निरौला (अमेरिका) , रजनी श्रेष्ठ (अमेरिका), आचार्य प्रभा (अमेरिका) , मन्जु निरौला (अमेरिका) , दीपा एवाई राई (हंगकन), जया राई ( बेलायत ), निशा अर्याल ( इजरायल ) , सुचित्रा खनिया ( इजरायल ), जानुका ढकाल ( अष्ट्रेलिया ) र मन्जुश्री थापा ( क्यानडा ) सम्मानित हुनु हुने भएको छ |

समाजका अध्यक्ष पदम विश्वकर्माको संयोजकत्वमा ,समाजका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली र महासचिव गोवर्धन पूजा सदस्य रहेको समितिको बैठकले उक्त निर्णय गरेको हो |

Posted by INLS Israel on 12:52. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com