अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रजतजयन्ती मूल समारोह समिति गठन
बिश्वब्यापी रुपमा छरिएको साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापनाको २५ औं बर्षको अबसरमा रजतजयन्ती भब्यरुपमा मनाउन १०१ सदस्यीय रजतजयन्ती समारोह मूल समारोह समिति गठन गठन गरिएको छ ।
सो समितिमा बोर्ड अफ ट्रष्टीका सदस्यहरु, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु, पूर्व अध्यक्षहरु, संस्थापकहरु, सल्लाहकारहरु, च्याप्टरका अध्यक्षहरु रहने छन् ।
यसै गरी रजतजयन्ती भव्यरुपमा सम्पन्न गर्न ११ सदस्यीय सचिवालय समितिको गठन गरिएको छ ।
उक्त सचिवालय समितिमा डा. श्याम कार्की (संयोजक) पदम बिश्वकर्मा (उपसंयोजक), गोबर्धन पूजा र शिव लामिछाने (सदस्य-सचिब) र सदस्यहरुमा रोहिणी शर्मा, गीता खत्री, सुमन तिमिसिना, राधेश्याम लेकाली, राम खत्री, बिमल नेपाल, सीता पाण्डे, प्रकाश नेपाल र भगवती बस्नेत रहेका छन् ।
रजतजयन्ती यही जुन महिनाको पहिलो हप्तामा राजधानी वाशिंगटन डीसीमा मनाउन आबश्यक तयारी भइरहेको पनि सबैमा जानकारी गराउन चाहन्छौं । सो अबसरमा नेपाली साहित्यलाई मायाँ गर्नुहुने सम्पूर्ण महानुभाबहरु, अनेसासका ट्रष्टी तथा आजीवन सदस्यहरु, यसका शुभचिन्तकहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
पदम बिश्वकर्मा डा. श्याम कार्की
अध्यक्ष सभापति
केन्द्रीय कार्यसमिति बोर्ड अफ ट्रष्टी



