भानु जयन्तीको अवसरमा विश्वब्यापी कविता प्रतियोगिता




कविता विधाको विकास र बिस्तार गर्दै यस विधामा कलम चलाउनुहुने कविहरूको हौसला र उर्जा प्रदान गर्ने पवित्र उद्देश्यका साथ भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर र गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समितिद्वारा आयोजना गर्न लागेको “अनलाइन कविता प्रतियोगिता २०७३”मा धेरैभन्दा धेरै कविहरूले आफ्ना कविता पठाएर सहयोग गर्नु होला भन्ने अनुरोधकासाथ यो सूचना प्रवाह गरेका छौ । समय अवधि थोरै भएकोले तदारुकताकासाथ हामीलाई साथ र सहयोग पुर्याउनु हुनेछ भन्ने अपेक्षा गरेका छौ ।

नेपाली साहित्यको कविता विधामा कलम चलाउनु हुने घरदेश परदेश जहाँ भए पनि आफ्ना एक थान मौलिक कविता पठाएर यस प्रतियोगितमा सहभागी हुन सक्नुहुने छ । यहाँहरूले पठाउनु भएको कविता हामीले भानु जयन्तीको दिन १३ जुलाइमा रेडियो हिमालयमा सस्वर वाचन कार्यक्रम पनि राखेका छौ । प्रतियोगी कविताहरू २५ जुनसम्म आइसक्नुपर्ने छ । यहाँहरूले प्रतियोगितामा पठाउनु भएको कविताको निर्णय पनि सकेसम्म १३ जुलाईमा नै सार्वजनिक गर्नेछौ । विश्वब्यापी खुल्ला कविता प्रतियोगितामा भाग लिन चाहने साहित्यकारहरूले आफ्नो रचना पठाउने नियमहरू यस प्रकार छन्;


१. कविता देश प्रेम, संस्कृति संस्कार,समाज राजनीति,विकृति बिसंगति, प्रकृति, प्रणय प्रेम जुनसुकै विषयमा भए पनि मौलिक हुनुपर्छ । गाली गलोज र अरुलाई आक्षेप लाग्ने हुनु हुदैन ।
२. उक्त कविता युनिकोड या प्रितीमा टाइप गरेर वर्ड फाइल बनाएर इमेल मार्फत पठाउनु पर्नेछ । साथमा आफ्नो पूरा ठेगाना,इमेल,फोन नम्बर र एक प्रति फोटो पनि पठाउनु पर्नेछ ।
३. कविता अप्रकाशित र बढिमा २०० शब्दको हुनुपर्नेछ ।

कविता पठाइसक्नु पर्ने अन्तिम मिति - २५ जून २०१६ सम्म
सम्पर्क ईमेल ठेगाना info@inlsisrael.com
puspa_baruwal@yahoo.com igovinda_g@yahoo.com फेसबुक https://facebook.com/inlsIsrael

प्रथम पुरस्कार रु . १०,०००/-
द्वितीय पुरस्कार रु. ७,०००/-
तृतीय पुरस्कार रु. ५,०००/-
सान्तवना पुरस्कार रु,३,००० /-
र साथमा पुरस्कृत कविहरुलाई प्रमाण पत्र प्रदान गरिनेछ ।

Posted by INLS Israel on 05:56. Filed under , . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com