“अनलाइन कविता प्रतियोगिता २०७३”मा उत्कृष्ट ५ कवीहरु पुरस्कृत"
“अनलाइन कविता प्रतियोगिता २०७३”मा उत्कृष्ट ५ कवीहरु पुरस्कृत"
नेपाली साहित्यको विकास र बिस्तारमा सहयात्री बन्दै कविता विधामा कलम चलाउनुहुने कविहरूको हौसला र उर्जा प्रदान गर्ने उद्देश्यका साथ नेपाली भाषाका आदिकवी भानुभक्त आचार्यको २०३ औ जन्म जयन्तीको अवसर पारी अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर र गैर आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समितिद्वारा आयोजित “अनलाइन कविता प्रतियोगिता २०७३”मा उत्कृष्ट ५ कवीहरु पुरस्कृत भएका छन् ।
१३ जुलाई वुधवार आयोजित उक्त विश्वव्यापी अनलाईन खुल्ला कविता प्रतियोगितामा सम्मिलित सय बढि कविताहरुबाट चयन गरिएका उत्कृष्ट ५ कवितालाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा कवी विकाश अधिकारी ” शैलपुत्र” को रचनामा रहेको ‘सपनाहरुको अवतरण’ शिर्षकको कविता, कवी जीवन खत्रीद्वारा रचित “बालुवाको मरुभूमिबाट” शिर्षकको कविता, इन्नोसेन्ट राजनको कविता “जुनेली र देश”, सुबेन बम्जनको “देश बाँच्न चाहन्छ” शिर्षकको कविता र निलम निश्चल याक्थुङवाको “परदेशको पीडा” शिर्षकको कविता उत्कृष्ट ५ घोषणा भएका थिए । उत्कृष्ट ५ लाई नगद जनही ५ हजार रुपैया र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।

अनेसास इजरायल च्याप्टर अध्यक्ष भगवती बस्नेतको सभापतित्व, एनआरएनए संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समिति सह संयोजक गोविन्द प्रसाद गौतमको आतिथ्यता रहेको थियो ! यस कार्यक्रमको स्वागत मन्तब्य अनेसास इजरायलका उपाध्यक्ष लक्ष्मी अनुरागीले गर्नु भएको थियो ! अनुपस्थित कविहरुको रचना वाचन अनेसासका कोषाध्यक्ष लीला रिजाल र सदस्य राधा भटराईजीले गर्नु भएको थियो ! उक्त कार्यक्रममा बोल्नुहुदै सभापती भगवती वस्नेतले कविता विधाको विकास र विस्तार गर्दै यस बिधामा कलम चलाउनु हुने कवि मनहरुलाई हौसलाको उर्जा प्रदान गर्दै कविहरुको कवित्व अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा सहभागी सम्पूर्ण कवीहरुप्रति आभार प्रकट गर्नुभएको थियो । त्यस्तै उहाँले प्रतियोगिताको नतिजा घोषणा गर्नुहुदै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो नगरी उत्कृष्ट पाँच कवितालाई प्रथम श्रेणीको उपाधि प्रदान गर्न उपयुक्त देखिएकाले निर्णायक मण्डलको सल्लाह, आयोजिक टिमविच छलफल गरी उत्कृष्ट ५ स्रष्टालाई प्रथम श्रेणीको उपहारद्वारा पुरस्कृत गरिएको बताउनुभयो ।
सभापति बस्नेतले सम्पूर्ण कविता पढेर उत्कृष्ट पाँच कविता चयन गर्न लागिपर्नुहुने निर्णायकद्वय वरिष्ठ साहित्यकार इन्दिरा प्रसाई तथा काव्य विशेषज्ञ डा. शैलेन्दुप्रकाश नेपालप्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो । ।
प्रतियोगितामा सहभागी अधिकांश प्रतियोगीहरुले आफ्नो कविता आफ्नै स्वरमा वाचन गरेर कार्यक्रममा सुनाएका थिए भने यो कार्यक्रमको संचालन द्वय अनेसास इजरायलको सदस्य सुभद्रा घिमिरे र रेडियो हिमालयको कार्यकारी अध्यक्ष बुद्धि विश्व कर्माले गर्नु भएको थियो ! कार्यक्रम रेडियो हिमालयले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो ।