मन

| | अनेसास इजरायल







तस्वीर-graphicshunt.com



त्यसो त मान्छेको जीवनमा कति कति नैतिक सामाजिक मर्यादाहरु छन, बंधनहरु छन र अलिखित नियमका घेराहरु पनि छन, तर मनले के मान्थ्यो? मायाले के मान्थ्यो ? यी हेर्नुस त ग़ज़ल भएर आज एकाएक मेरो मन पनि ती सबैसबैबाट एकछिनको लागि फुत्किएको छ,र स्वतन्त्र भएको छ पराग जस्तै... भ्रमर जस्तै...तपाइले पनि कहिलेकाही यस्तो अनुभूति गर्नु भएको छ की?







मनै त हो भ्रमर झै बरालिन सक्छ प्रिय

कुसुमका थुंगासंग अंगालिन सक्छ प्रिय



सिमलको भुवा बनि कहाँ कहाँ डुल्ने मन

वास भेटे कुनैबेला संगालिन सक्छ प्रिय



नौनी रैछ क्यारे मन? मायाचाहि आगो होकी?

हास्दा खेल्दा थाहै हुन्न, पगालिन सक्छ प्रिय



पिरतीमा रमाएर संसार जित्छु भन्छ कैले

कैले सानो बिछोडमा अतालिन सक्छ प्रिय



साइनोको के कुरा भो मिठो माया दिन्छु भन्छ

एक धर्को सिंदूर त पखालिन सक्छ प्रिय !





फेसबुकमा बाडनुस



Posted by INLS Israel on 10:54. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com