गीत (कोपिलामै तोड्यौ तिम्ले )

| | अनेसास इजरायल

 गीत (कोपिलामै तोड्यौ तिम्ले )


फक्रन नि नदिएर कोपिलामै तोड्यौ तिम्ले
केमा चित्त बुझेन र आफ्नो बाटो मोड्यौ तिम्ले

तिमीलाई माया गर्थें आफैलाई भन्दा धेरै
सर्वस्व नै तिमी थियौ आज विश्वास तोड्यौ मेरै
के भनेर चित्त बुझ्छ तिमीले मनमा डसेपछि
त्यस्तै भयो जस्तो हुन्छ छाँगाबाट खसेपछि


मायामा म  रमाउनु मात्र पानी-फोका भयो
जता छुन्छु पैह्रो जान्छ जिन्दगी नै धोका भयो
आशाका ती किरणहरू बल्न नपाई मर्न थाले
मन भित्रका इच्छाहरु फुल्न नपाई झर्न थाले

भगवती बस्नेत

Posted by INLS Israel on 04:46. Filed under . Write us your suggestions, responses and and opinions on our email - info@inlsisrael.com